मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ ।

अहिले मुख्यमन्त्री शाह दलीय सहमति जुटाउने प्रयास व्यस्त रहेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीको भनाइ छ । । स्वकीय सचिव शाहीका अनुसार ‘विश्वासको मतका लागि दलहरुसँग विभिन्न ढंगले छलफल चलिरहेको छ, आवश्यक परेमा आजै सबै दलको औपचारिक बैठकसमेत समेत जारी हुनसक्छ ।

विश्वासको मतका बारेमा नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि मुख्यमन्त्री शाह अप्ठ्यारो अवस्थामा परेका छन् ।
बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय शनीबार गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जालमा , ‘दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत असंभव रहेको उनले उ्ल्लेख गरेक िछिन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको सुदूरपश्चिम प्रदेश सभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

पहिला नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ३२ बजे