जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ । गाउँपालिकाले सयौं वर्ष पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उदेश्यले बालिका सम्मेलन २०७९ आयोजना गर्न लागेको बताएका छन् ।
त्यस्तै अध्यक्ष महतोले बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र चार वटै तहका बाल विवाह, दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने जानकारी दिए ।