रुपन्देही । बुटवलमा उपमहानगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना भएको छ ।
उपमहानगरले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।
माघ २१ गते शनिवार आन्तरिक छलफल गरिएको र २२ गते बिहान ८ बजे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह र दिउसो बुटवल उपमहानगरपालिकाको सभा हलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको उपमहानगरले जनाएको छ ।
उक्त सम्मेलनमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।