कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

बाँझो जग्गामा उत्पादन गर्नेलाई भिमाद नगरपालिकाले अनुदान दिने



तनहुँ । तनहुँको भिमाद नगरपालिकाले जग्गा बाँझो नराख्ने कृषकलाई अनुदान दिने भएको छ । भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले गाउँका खेतबारी बाँझो हुदैगएपछि न्युकिरण गर्न कृषकलाई अनुदानको व्यवस्था गरिएको हो ।

नगरपालिकाले आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान दिने भएको छ
। कृषकलाई लागत मूल्य घटाउन ट्र्याक्टर तथा हाते ट्र्याक्टरलगायतका कृषि औजार अनुदानमा दिने व्यवस्था मिलाइएको नगरपालिका कार्यालयले जनाएका छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ४ : ३० बजे