काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारबाट नबाहिरिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।
सरकाबाट अन्य पाटीहरु माग पुरा नभएको भन्दै बाहिरिए पनि जनमत पाटी सरकारबाट बाहिरिने कुनै अधार नभएकाले सरकारमा नै रहने बताका छन् । माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार परिवर्तन भएको भन्न नमिल्ने बताएका छन् । सरकारमा सामेल भएका दलहरु फेरिने भएपनि सरकार नफेरिने उनको दावी रहेको छ ।
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै उनले सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उनको तर्क छ । आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्नेमा उनको जोड रहेको छ ।
नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने समेत उनको भनाइ छ ।