काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा सहयोगको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र हस्तान्तरण गरेका छन् ।
देउवाले पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको हुँदा सहयोगका लागि पत्र हस्तान्तरण गरेका हुन् ।
फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलज्यूलाई उम्मेदवार बनाएको हो ।
पौडेललाई विजयी गराउन नेपाली कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पत्र हस्तान्तरण गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।