काठमाडौं । पत्रकार शेखर अधिकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।
दुई दशक देखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसकेका छन् । त्यस्तै, यसअघि उनी नेपाल टेलिभिजनको अनलाइन समाचार सम्पादक थिए ।
अधिकारीले मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ईकान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गरेका थिए ।
अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष र प्रेस चौतारीको केन्द्रीय सदस्य भइसकेका छन् ।