मंसिर ९, २०८१ आइतबार Mon Nov 25 2024

पाँचौं राष्ट्रिय ‘बेटी सम्मेलन २०७९’ बाट गोमा केसी सम्मानित



बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा पाँचौ ऐतिहासिक राष्ट्रिय ‘बेटी सम्मेलन २०७९’ सम्पन्न भएको छ । कार्यक्रम आसनमा महिला, भाषणमा महिला र साशनमा महिला भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो । मूलधार महिला सेवा केन्द्र (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटी सम्मेलन आयोजना गरिएको हो ।

उक्त सम्मेलनमा ‘आजका चेलीबेटी बन्दै छ परिवारको सहारा, शान्ति, सुरक्षा, लैंगिक हिंसामुक्त राष्ट्र लुम्बिनी प्रदेश हाम्रो अभिभारा भन्ने मूल नाराका साथ पाँचौं बेटी सम्मेलन सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, अतिथिहरुमा प्रदेश सभाका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, नेतृ तथा नेपाली कांग्रेस ओखलढुंगाकी प्रमथम महिला सभापति गोमा केसी, सुरक्षा प्रमुखहरु, बुद्धिजी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु रहेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट प्रथम महिला जिल्ला सभापति भएकोमा नेतृ गोमा केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थिति महानुभावहरुले बोल्ने क्रममा गोमा केसीले विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको संगठनका लागि अतुलनीय योगदान गरेको भन्दै चर्चा गरेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष नजबुल खानको सभापतित्वमा सम्मपन्न भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३७ बजे