काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बागमती प्रदेश समिति सभापतिमा डा.अच्युतम लामिछाने निर्वाचित भएका छन्।
हिजो राती सम्पन्न निर्वाचनबाट प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी मतान्तरले लामिछाने निर्वाचित भएका हुन् । उनले कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरेका थिए भने बिकले १२३ मत प्राप्त गरेका थिए ।
सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणमा भएको निर्वाचनमा दिपक बिकले १२३, डा।अच्युतम लामिछानेले ९२, जिता बरालले ४६ र दिनेश हुमागाईले १७ मत प्राप्त गरेका थिए ।
सभापतिका प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारहरु लामिछाने र बिकबीच प्रतिस्पर्धा थिए । आइतबार साँझ प्रदेश समितिमा ८ जना महिला र ३ जना पुरुषसहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । बागमती प्रदेशका यस अघि ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समिति सदस्यमा चयन भएका थिए । ३ जना मनोनित सदस्य सहित ८० जनाको प्रदेश समिति रहने रास्वपाले जनाएको छ ।