कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट छुटेका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन् ।
नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।
उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।