मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

राष्ट्रपति कांग्रेसकै उम्मेद्वार बन्ने प्रकाशमान सिंहको दावी



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । आज काठमाडौंमा भएको नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दावी गरेका हुन् ।

‘राजनीतिक शक्ति सन्तुलनकै लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्ने सिंहले बताए । तर राष्टपतिमा नेपाली कांग्रेसबाट को बन्न भन्ने उल्लेख गरेका छैनन् ।

सत्ता गठबन्धनबाट नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिएको छ ।

उक्त विषयमाथि विवाद परेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा छ । कांग्रेस नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने बताउँदे अबको राष्टपति काग्रेसका तर्फबाट

मनोनित हुने आगामी राजनेतिक अवस्थामा सु्धार हुनुका साथै स्थिर हुने उनको भनाइ रहेको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने र मनोनयन दर्ता भने १३ गते हुने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : ०९ बजे