मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन



काठमाडौँ। गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् । यातायात व्यावसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरू समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ४६ बजे