काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस फागुन १ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाउने भएको छ ।
पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई जनयुद्ध दिवस कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरिएको छ । पार्टी कोषाध्यक्ष श्रीराम ढकालका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहमा आफँलाई अनुकुलता हुने गरि मनाउन निर्देशन दिएको छ ।