मंसिर १०, २०८१ सोमबार Tue Nov 26 2024

आत्मदाह गरेका आचार्यका परिवारलाई भेटी गृहमन्त्रीले मागे क्षमा



काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको कीर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् ।

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन गर्ने आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए ।

आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ०८ बजे