मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

प्रधानमन्त्रीको ‘निजी सचिव’मा ढुङ्गाना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुङ्गाना नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुङ्गानालाई गत सोमबार कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सहसचिवमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय दलित आयोग, महालेखा नियन्त्रकको कार्यालय र वीरगन्ज भन्सारमा काम गरेका ढुङ्गाना वीरगन्ज भन्सारमा रहँदा कृषि औजार कारखानाको सञ्चालक समितिको अध्यक्षसमेत भई काम गरेका थिए ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ । यसैगरी सचिवालय अधिकृतमा मोहदत्त अधिकारी आएका छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : ०६ बजे