काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जनाएको छ ।
उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।