मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

तराईका स्थानीय किसान माछा मार्न मस्त



काठमाडौं । नेपालमा तराई क्षेत्रका अधिकांश स्थानीयहरु माछा मारेर जिविकोपार्जन गर्ने गर्दछन् । त्यसै मेसोमा सुनसुरी जिल्लाका भोक्राहा नरसिंह गाउँपालिकाका स्थानीय बासिन्दाहरु हिउँदको फुर्सद र न्यानो घाम ताप्दै माछा मार्न व्यस्त देखिन्छ । यसरी माछा मार्नेहरुमा किसान समूदाय हुन्छन् ।

यतिबेला बालीनाली भित्र्याएर पुर्सदको समय बेतित गरिरहेका छन् । त्यो फुसर्दको समयलाई उपयुग गर्दै माछा मार्न व्यस्त रहेका हुन् । यसरी माछा मार्नेहरु कतिपयले खोलाको किनारमा बल्छी खेल्ने गर्दछन् भने कतिपयले आफ्नो जग्गा छेउछाउँ सामूहिक रुपमा पालेर राखेका माछाहरु मारेर समयको उपयोग र आम्दानीको स्रोत बनाउने गर्दछन् ।

त्यसैगरी यसरी माछा मार्नेहरु खोलाका किनारका बस्ती र तराईका क्षेत्रका समतल भूभागमा जमेको पानी, ताल, दह,पोखरीहरुमा पनि माछा मार्ने गर्दछन् । तराईका मोरङ, सुनसरी, झापा र राजविराज जिल्ला माछा व्यवसायमा अब्बल मनिन्छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ३९ बजे