सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाको वडा नं ४ पोखरीयास्थित एनआईसी एसिया बैंकको बयलबास शाखाबाट सो भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाले जेष्ठ नागरिक, एकल महिला, दलित तथा अती अश्क्त र पूर्ण अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भता दिन सुरु गरेको बैंकका शाखा म्यानेजर मनिष प्रताप साहले बताएका छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार महत्तो प्रतिबद्धता अनुसार सामाजिक सुरक्षा भत्ता हरेक वडा कार्यालयबाट दिन सुरु गरिएको हो । यसरी सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै प्राप्त भएपछि लक्षित वर्ग, समुदाय हर्षित भएका छन् । सामाजिक सुरक्षा भता वितरण गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा भएको हो । वडा स्तरमा सामाजिक सुरक्षा भता प्रदान कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष महतोले गरेका थिए ।
गाउँपालिका अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमै सामाजिक सुरक्षा भता वितरण गराउन सफल भएको समाजसेवी मुनसिप महतोले बताएका छन् । यसअघि चन्द्रनगरमा रहेको नबिल बैंकमा भत्ता लिन जाँदा १ हजारसम्म अटो खर्च हुने अवस्था थियो । चर्को घाममा गाउँबाट आउन १२ किलोमिटरसम हिँडेर आउनुपथ्र्यो । अब हिँडेर बैंक पुग्ने अवस्थाको अन्त्य भएको समाजिक सुरक्षा प्राप्त गर्ने वडा नं ४ का स्थानीय शारदा खातुन बताउँछिन् ।
नबिल बैकबाट सामाजिक सुरक्षा भता रकम वितरण महिनौ दिन सम हुन्थ्यो, एकदिनमा भता लिन पनि समस्या भैरेको अवस्थामा अब वडाबाटै नै भता वितरण भएपछी धेरै सहज भएको खुसि हुँदै अर्का स्थानीय स्थानीय बिल्टु पासवाले बताएका छन् ।
गाउँपालिका अध्यक्ष महतोले जनताको समस्या समाधान गर्न आफनो दायित्व भएको बताए । चन्द्रनगर गाउँवासी टाढा- टाढाबाट नबिल बैंकमा चर्को घाममा भिडभाड गरी लाईनमा उभिने अवस्था थियो,बैंकले उचित व्यवस्थापन नगर्दा खर्च पनि बढने र स्थानीयले शास्ती खेप्नु पर्ने अवस्था थियो । आफूले जनताको गुणासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट भता वितरण गरेको अध्यक्ष महतोले बताए । आफू जनताको सेवक भएको हुदा जन्ताको समस्या आफनो समस्या बुझेर अघि बढने अध्यक्ष महतोले बताए ।
यसरी वडा नं ४ बाट भता बाडन सुरु गरिएको छ क्रमशः ७ वटै वडामा भता बाडिने चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए । सामाजिक सुरक्षा भता प्रदान कार्यक्रमा उपाध्यक्ष गिता देवी महतो,वडा नं ३ का वडाध्यक्ष सिताराम महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु प्रसाद साह, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं ४ का वडा अध्यक्ष राजिब सिंह दनुवार ,गाउँकार्यपालिका सदस्य, गाउँ सभा सदस्य सीता देवी, लालबाबु साह,ईन्दला देवी साह,समाजसेवी महावीर महतो, रामछबिला साह,मुनसिप महतो,पुर्व वडा नं ४ का वडा अध्यक्ष जग्दिश साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।