फाल्गुन १३, २०८१ मंगलबार Tue Feb 25 2025

रुकुम पश्चिममा केसीको उम्मेदवारीले युवाहरुमा उत्साह



कमलबहादुर बोहरा

काठमाडौं । रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा सत्तागठबन्धनबाट माओवादीका जनार्दन शर्माले उम्मेदवारी दिएका छन् । उनी अहिले अर्थमन्त्री पनि हुन् । शर्माविरुद्ध कांग्रेसका युवा नेता तारक केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । केसी रुकुम पश्चिमका कांग्रेसजनमाझ स्वच्छ छवि, सालिन व्यक्तित्व र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित छन् । उनी त्यहाँका युवाहरुबीच पनि त्यत्तिकै लोकप्रिय नेताका रुपमा स्थापित छन् ।

केसीले उम्मेदवारी दिइसकेपछि त्यहाँका स्थानीय जनसमुदायमाझ आफ्नो चुनावी प्रतिवद्धता जाहेर गरेका छन् । उनले आफ्नो प्रद्धिवद्धता सामाजिक सञ्जालमा यसरी लेखेका छन्, ‘रुकम पश्चिम प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरियो । हजुरहरुको साथ, सहयोग, समर्थन, सद्भाव, शुभेक्षासहित अमूल्यमतको लागि विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु । अरुप्रति सत्तोसराप र असन्तुष्टि साँधेर मात्रै हुँदैन ।

हामी आफै पहल लिन र प्रत्यत्न गर्न अगाडि बड्न आवश्यक छ । बेलामा हामी प्रयत्न गर्न तत्पर रहौं ।’ यसरी केसीले रुकुम पश्चिमका जनतासमक्ष अपिल गरेका हुन् । अहिले टिकट वितरणको विषयलाई लिएर सबै पार्टीहरुभित्र असन्तुष्टिको ज्वारभाटा उर्लिएको छ । त्यसबेला कांग्रेसका युवा नेता केसीको उम्मेदवारीले सत्तागठबन्धनका उम्मेदवार जनार्दन शर्मालाई आगामी चुनाव फलामको चिउरा सावित हुने विश्लेषकहरुको अड्कल छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ३ : ४३ बजे