रोल्पा । रोल्पा निर्वाचन क्षेत्र ख मा नेकपा माओवादीका नेता दिपेन्द्रकुमार पुन सिजलले गठबन्धन विरुद्ध विद्रोह गरेका छन् ।
गठबन्धनले नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई टिकट दिएपछि सिजलले गठबन्धनबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
यहाँबाट माओवादीले नै टिकट पाउनुपर्ने माग माओवादी नेताहरूको थियो । गठबन्धनबाट कांग्रेसका पुनले टिकट पाएका थिए ।
अन्तिमसम्म पनि टिकटका लागि माओवादी र कांग्रेसका नेताबीच रस्साकस्सी चलेको थियो । गठबन्धनलाई सन्तुलित पार्न भन्दै कांग्रेसलाई टिकट दिइएपछि रुष्ट भएका सिजलले माओवादी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
अघिल्लो कार्यकालमा पनि माओवादीबाट प्रदेश सांसद रहेका पुन जनयुद्धका घाइते हुन् ।