मंसिर ७, २०८१ शुक्रबार Fri Nov 22 2024

डेंगुबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, ३२ हजार भन्दा धेरै संक्रमित



काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो । यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो ।

यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार यो वर्ष डेंगु संक्रमितको संख्या ३२ हजार १२१ जना पुगेको छ भने ७६ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ०३ बजे