माघ ३, २०८१ बिहिबार Thu Jan 16 2025

२० असोजभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।

आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभाको निर्वाचनका सो अवधिभित्र कार्यालय स्थापना गर्न बिहीबार आयोगले निर्णय गरेको हो ।

आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सोको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : २५ बजे