काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले पाटन उच्च अदालतले टुकुचा खोलाको विषयमा बुधबार दिएको अल्पकालीन अन्तरिम आदेशप्रति व्यग्य गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ रु भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-
फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?
महानगरले टुकुचाको उत्खनन् शुरु गरेपछि सो क्षेत्रका बासिन्दाले अदालतमा रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यस्तै एक रिटमा उच्च अदालत पाटनले बुधबार प्रमाणको मिसिल झिकाउन आदेश दिएको छ ।