मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

‘फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिनेछ, मानहानिको मुद्दा चलाइनेछ’ : मेयर साम्पाङ



काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित साम्पाङले आलोचकलाई गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

उनले केहीबेर अघि स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ ! अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

हरेक कुरा फेसबुकमा लेख्ने गरेका उनी पछिल्लो समय आलोचना खेपिरहेका छन् । सोमबारमात्रै सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले मेयर साम्पाङको राजीनामा मागेको थियो ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ७ : ५५ बजे