चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

तनहुँबाट पूर्वमन्त्री किसन श्रेष्ठको नाम सिफारिस



काठमाडौं । नेकपा एकीकृत समाजवादी तनहुँले आगामी मंसीरमा हुने चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएका छन् ।

तनहुँको क्षेत्र नम्बर एकबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समेत इच्छा व्यक्त गरेका छन् । तर एकीकृत समाजवादीले समेत उम्मेदवारको सिफारिस गरेपछि अब के होला भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ९ : ४२ बजे