काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो । विभागले शुक्रबार सूचना प्रकाशित गरी आगामी आइतबार ९भदौ १२० देखि पार्किङ खुला गरिने जानकारी गराएको हो। यस्तै, विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत गरिएको छ ।
काठमाडौं महानगरपालिकाले पटक पटक छलफलमा पार्किङको लागि ठाउँ खाली गर्न भन्दै ताकेता गरेता पनि नमानेपछि प्रहरी लगाएर ठाउँ खाली गरेको थियो ।