काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । उम्मेदवारहरुले आचारसंहिता विपरीतका कार्य गरेको जनगुनासापछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पुष्टि भएको छ । समितिले मङ्गलबार साँझ ५…