नेपालगञ्ज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्व कम्युनिस्ट आन्दोलनमा विचलन आएको प्रसंग कोटयाउँदै नेपालका कम्युनिस्टहरूमा सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको वताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले ७५ वर्षीय इतिहासमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतन्त्रको सतमार्ग समात्न नसकेर राजनीति अधिकारविहीन समाजवाद स्थापनाको भ्रमजालमा बाँचेको…