रामपुर । पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ। धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो। नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए। अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन्। बजारका एग्रोभेटमा महँगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई…