काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् । मेयर साहले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन् । महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेश गर्न निर्देशन दिएका छन् । पछिल्लो…