काठमाडौं।काठमाडौं महानगरले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै महानगरका लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको जनाएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम वौद्धिकता–आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरु सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले…