काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले रामेछापको सुनापाती गाउँपालिकालाई थाङ्का कलाको ‘हब’ बनाउन अध्ययन सुरु गरेको छ । प्रतिष्ठान र रामेछापस्थित सुनापति गाउँपालिकाबीच उक्त पालिकालाई थाङ्का कलाको हब बनाउने सहमतिअनुसार अध्ययन थालिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । उनका अनुसार उक्त विषयमा गठित सम्भाव्यता अध्ययन टोलीले सरोकारीसँग सुझावसमेत लिएको छ । पालिकास्तरमा समेत छलफल गरी…