बैशाख २०, २०८१ बिहिबार Fri May 3 2024

प्रेमप्रसाद आचार्यको परिवारले पाए ५० लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको बीमा बापतको रकम उनको परिवारले भुक्तानी पाएको छ । आचार्यको बीमा बापतको ५० लाख १२ हजार १९४ रुपैंया सन लाइफ इन्स्योरेन्स कम्पनीले उनको परिवारलाई हस्तान्तरण गरेको हो । मृतक आचार्यकी श्रीमती नानुका अधिकारीको बीमा रकमको चेक दिइएको इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।