धनगढी । कञ्चनपुरको एक सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर एक वयस्क पोथी हात्ती मरेको छ । जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको जानकारी सामुदायिक वनले…