काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् । सोमबार स्व। कोइरालाको एक सयौं जन्मजयन्तीका अवसरमा आयोति कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालामा भएको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका हुन् । उनले कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप…