काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्था (आईओई)ले चार वर्षे स्नातक तहको शुल्क बढाएको विरोधमा नेविसंघले आन्दोलन गरेको हो । आईओईले एकैपटक तीन लाख रुपैयाँ शुल्क वृद्धि गरेको थियो । यसअघि आइतबार एमाले निकट अनेरास्ववियुले मन्त्री क्वाटर बाहिर मन्त्रीहरूको गाडी…