काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुन मन्त्री गुरुङले २०८० साल भित्र सरकारले आदिवासी जनजातिको हक अधिकार स्थापित गर्ने बताए । ‘यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको…