आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

बालकुमारी आगजानी घटनालेउग्र रुप लिँदा एक युवकको मृत्यु



काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको घटनामा एक युवकको मृत्यु भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुढा र लाठीचार्ज हुँदा सडकमा बेहोस भएर लडिरहेका २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । उपचारका क्रममा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार श्रम तथा रोजगार विभागको ईपीएस शाखाले गरेका दक्षिण कोरियामा रोजगारीको अवसरसँग सम्बन्धित निर्णयसँग असन्तुष्टि जनाउँदै केही युवाहरूले हिंसात्मक प्रदर्शन गरेका थिए । सोही क्रममा मन्त्री ज्वाला चढेको गाडीमा बालकुमारीमा आगो लगाइयो । प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेपछि युवाहरूले ढुंगामुढा गरेका थिए । केही समयका लागि बालकुमारीदेखि ग्वार्कोसम्मको क्षेत्र रणमैदान बनेको थियो । प्रहरीले रबरको गोलीसमेत चलाएको बुझिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ५३ बजे