आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरिएको छ । मन्त्री ज्वालाको गाडीमा आगजनी भएपछि बालकुमारी क्षेत्र तनाबग्रस्त बनेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा आगजानी गरेका हुन् ।

आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेर ध्वस्त भएको छ भने मन्त्री भने सुरक्षित छन् । आन्दोलनका कारण कोटेश्वरदेखि कलंकीसम्मको सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ५० बजे