आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता सुरु



काठमाडौँ । शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । शहीद प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गरेको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित उक्त प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

सो प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका छन् । सशस्त्र द्वन्दको समयमा २०५८ साल पुस २९ गते तत्कालीन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगरी दोलखाको जिरीमा हुन लागेको प्रतियोगिता २९ गतेसम्म चल्ने कांग्रेस प्रदेश क सभापति शुक्रराज तामाङले जानकारी दिएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई क्रमस प्रथम पुरुस्कार नगद रु २ लाख, द्वतीय एक लाख, तृतीय ५० हजार र सान्त्वना नगद् ३० हजार सहित शिल्ड मेडल र पमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको अवधिमा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ०५ बजे