आश्विन ४, २०८१ शुक्रबार Sat Sep 21 2024

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार भएको छ : पर्यटनमन्त्री



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।”

बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  २ : २२ बजे