काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आइतबारदेखि भत्काउन सुरुआत गरेको छ । मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा डोजर लगाएर भत्काउन थालिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, 'गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घरटहरा र सटरहरु आजदेखि भत्काउन सुरु गरिएको छ, सबै…