काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्ता दिएका छन् । केहि दिनअघि काठमाडौँ आएका साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् । धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले दुबै जनालाई पत्रमार्फत अनुरोध गरेका छन् ।…