काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ आउन अझै तीन साताभन्दा बढी छ । तर, अहिले नै अधिकांश गन्तव्यका लागि आन्तरिक हवाई टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार दसैँका लागि धमाधम बुकिङ भइरहेको छ । उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए । ‘दसैँका लागि अधिकांश बुकिङ…