३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टङ्क अधिकारी

पर्वत ।नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ। अधिवेशनबाट प्रदेश स्तरीय समितिमा सर्वसम्मत रूपमा नै पदाधिकारी तथा सदस्यहरू चुनिएका छन्। समितिको अध्यक्षमा कास्कीका टङ्क अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कास्कीका माधव रेग्मी, महिला उपाध्यक्षमा पर्वतकी सङ्गीता केसी, समावेशी उपाध्यक्षमा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० की शारदा झेडी मगर चयन भएका छन्।…