काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी रहेको उल्लेख गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले यस विषयमा अन्य सहयोगी दलहरुसँग छलफल गरेर उम्मेदवारबारे टुंगो लगाउने जानकारी…