रेणु त्वानाबासु प्यागोडा शैलीको न्यातापोल (पाँचतल्ले) मन्दिर, पचपन्न झ्याले दरबारको सहरका रूपमा मात्र सम्झन्छन् । दरबार क्षेत्र अथवा त्योभन्दा बढी हेरे, सुनेको भए–दतात्रय क्षेत्र । तर यतिमा मात्रै सीमित छैन भक्तपुर । ऐतिहासिक सहर त हुँदै हो, यसबाहेक यहाँको संस्कृति, परम्परा, मठमन्दिर, पाटीपौवा, जात्रापर्व, चालचलन र जीवनशैलीको विविधताले गाउँ र सहरको मौलिकपन एकै ठाउँमा भेटिन्छ…