४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको अवस्थाबारे जानकारी लिन जाने गरेका छन् । कक्षा कोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षण समेत गर्ने गरेका छन् ।…