काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका क्यासिनोहरूलाई ७ दिन भित्र कर तिर्न म्याद दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न भनेको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ७ वटा क्यासिनोलाई एक साताको अल्टिमेटम दिएर कर बुझाउन पत्र काटेका हुन् ।…