काठमाडौं । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल शुरु गरेका छन् । उनी १४औं राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस एनपीसी का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।…